नियम ३०
अनुदान उपलब्ध गराउन सक्ने
: (१) पुनर्स्थापना केन्द्रको भौतिक पूर्वाधार, सेवा सुविधा र पुनर्स्थापना भएका व्यक्तिको सङ्ख्याको आधारमा ऐन तथा यस नियमावली बमोजिम स्वीकृति प्राप्त पुनर्स्थापना केन्द्रलाई नेपाल सरकारले समय समयमा तोके बमोजिमको रकम अनुदान बापत उपलब्ध गराउन सक्नेछ।
(२) सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहबाट स्वीकृति प्राप्त पुनर्स्थापना केन्द्रलाई सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले समय समयमा तोके बमोजिमको रकम अनुदान वापत उपलब्ध गराउन सक्नेछ ।